banner

ताजा समाचार

भित्र एक बाहिर अर्को सम्झौता गर्ने हाम्रो पार्टी होइन,सत्ता साझेदारीको हल्ला गलत हो: प्रकाण्ड

1 328 total views, 1 1 views today

यनयस मिडिया

फागून २१ काठ्माडौँ-बिप्लव नेत्रित्वको नेपाल कम्यूनिष्ट पार्टिका प्रवक्ता खड्क बहादूर बिश्वकर्मा(प्रकाण्ड)ले आफ्नो पार्टि सरकारसँग भित्र एक सम्झौता र जनताको माझमा अर्को सम्झौता गर्ने पार्टि नभएको दावि गरेका छन ।

नेकपाको तर्फवाट बार्ता टोलिका प्रमूख बनेर बर्ता सफल पारेका नेता बिश्वकर्माले शूक्रवार राति पत्रकार ऋषि धमाला सँग कूरा गर्दै यस्तो बताएका छन ।

उनले आफ्नो पार्टि नेपाल कम्यूनिष्ट पार्टि बिदेशिहरुको कूनै एजेण्ट नभएर जनताको सेवक भएकाले यस्तो कूनै पनि सझौता भए जनताहरुलाई सरासर धोका हूने भएकाले जनताका लागि बिद्रोह गर्ने पार्टिले कूनै पनि हालतमा जनतालाई धोका दिन नसक्ने स्पस्ट पारेका छन ।

प्रकाण्डले जनताहरुले अहिलेको अवस्थामा आफूहरुलाई भरपूर साथ दिने बिश्वास समेत ब्यक्त गरेका छन धमलाको अर्को प्रश्नमा देशमा समस्या दलाल पूजिवाद भएर आएको र जनताहरुलाई अवश्यक गरेको बैज्ञानिक समाजवाद भएकाले,राता रात नेताहरु करोड पति बन्ने,जनताहरु पिरोलिने,अन्याय र अत्यचारले सिमा नागेकाले अव देशको नेत्रित्व जनता र जनताका लिडरहरुले गर्नेबेला आएको भन्दै जनता प्रर्ति अबिश्वास नभएको स्विकार गरेका छन ।

हतियार ब्यवस्थापन सम्बन्धीको अर्को प्रश्नमा उनले देशमा राजनितिक बयवस्थापन नभए सम्म हतियार ब्यवस्थापन गर्ने संकेत कमै भएको धारण राखेका छन ।

  उनले  आफुहरु कसैको सरकारसग  सहकार्य  नगर्ने  समेत बताएका छन्  आफुहरु जनताको सेवक भयकाले  जनताको जनमत बाट आयर  देसको  नेतृत्व गर्ने  र  अहिले  देशभर  सत्ता साझेदारको हल्ला चलेकाले  यसका पछी  नलाग्न समेत अपिल गरेका छन  । 

                                                            ⇓ सेयर गर्नूहोुस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्