banner

अन्य

राष्टपति देखि बलत्कृत सम्म महिलाः सम्पादकिय

khadak bishwakarma

1 211 total views, 1 3 views today

काठ्माडौ-अन्तराष्ट्रिय नारी दिवस मनाउने निर्णय गर्दै अधिकारिक रुपमा घोषणा गरे पश्चात बिश्वब्यापी रुपमा आठ मार्चलाइ नारि दिवशको रुपमा मनाउदै आइएको छ । नारी दिवस कुनै खुशियालिको उत्सव नभएर सदियौं देखि जाति बर्ग, सामाजको,धर्म तथा संस्कार, नारिमाथि हुदै आइरहेको बिभिन्न खालको अन्याय, अत्याचार, शोषण, दमन,हिंसा जस्ता लैगिक बिभेद र अमानवीय व्यवहारहरु बिरुद्धको आवाजहो ।


महिला सशक्तिकरणको अभियानलाई बिश्वब्यापी रुपमा बुलन्ध पार्दै, महान संकल्प र अठोटको साथजारि राखिने यात्रा हो ।

नतिजा स्वरूप लैगिक, सामाजिक,शैक्षिक, राजनीतिक, सांस्कृतिक,आर्थिक जस्ता बिबिध क्षेत्रहरुमा भएको शोषण,दमन र विभेदमा विश्वब्यापीरुपमा उल्लेखनीय परिवर्तन आइरहेको देख्न सकिन्छ ।

नेपालको सन्दर्भमा समयको परिबर्तनशिलता र नेपाली जनताको माग सँगै देश संघ, प्रदेश र स्थानीय हुदै तिन तहमा विभाजन भएको छ नेपालको संबिधान दक्षिण एसियाकै उत्कृष्ट महिला मैत्री मानिन्छ जसले मौलिक हकको धारा ३८ मा महिलाको हक सुनिश्चित गरेको छ भने कानूनले नै महिलालाई ३३५ आरक्षणको व्यवस्था गरको छ ।


संघीय समाबेशी लोकत्रान्त्रिक व्यबस्थाको क्रममा विभिन्न बर्ग, क्षेत्र र समुदायका जनताले आ आफ्नो हक अधिकार सु निश्चित गर्नको लागि हरेक तह र तप्कावाट भरपुर कोशिस गरिरहेको बर्तमान परिपेक्षमा नारीलाई राज्यले पुरुषहरु सरह समान हक अधिकार सुनिश्चित गर्नु पर्ने टडकारो आवश्यकता हो ।

बिबेकशील र जागरुक नारीहरुको दरिलो पाइलाको झड्काले राज्यलाइ लैंगिक समानता र महिलाहरुको हक अधिकारको बिषयमा प्रत्येक क्षण झस्काई रहेको छ ।

संघर्ष र प्राप्ति

महिलाहरुले आजसम्मका दिनमा आइपुग्नका लागि विभिन्न काल खण्डमा विभिन्न संगर्ष गर्दै आएका छन्, जस्तै भोटिंग अधिकार, आमाबाट नागरिकताको ब्यबस्ता, समान ज्याला र रोजगारीको ब्यबस्था, राजनीतिकरुपमा सक्रिय रुपमा सहभागी हुनका अलग ब्यबस्ता आदि आदि ।

यधपी अझसम्म पनि अधिकार सम्पन्न हुन् सकेका छैनन । महिलाहरुसंग प्राकृतिकरुपमा पुरुषको भन्दा बढी जिम्मेवारी रहेको छ जस्तै बच्चा जन्माउने, हुर्काउने आदिजस्ता समयमा पुरुषहरु शैक्षिक र राजनीतिकरुपमा अघि बढ्न सक्छन । यसलाई सन्तुलन कायम गर्ने माध्यमको अभाबमा महिलालाई सधै पछी पारिएको छ ।

यति मात्र होइन तथ्यांकमा उल्लेख भए अनुसार आजसम्म संसारमा यस्तो मुलुक छैन जहाँ महिलासंग विभेदित कानुन नहोस ।

तात्पर्य के हो भने आजसम्म विस्वका हरेक मुलुकहरुले महिलालाई कानुनीरुपमा अन्याय गर्दै आएका छन् ।

संसारमै महिला माथिको विभेद कायमै रहेको छ यधपी नेपाल लगायत अन्य अविकसित मुलुकहरुमा यसको प्रभाब बढी देखिन्छ भने बिकसित मुलुकहरुमा यसको प्रभाब तुलनात्मक रुपमा कम पाइन्छ ।


जस्तै अझै सम्म कतिपय मुलुकमा महिलालाई स्वतन्त्र रुपमा हिड्दुल गर्ने तथा भोट दिने अधिकार छैन । उदाहरणको रुपमा साउदी अरेबियालाइ लिन सकिन्छ । यहाँ महिललाई गाडी हाक्न समेत मनाही छ भने हरेक क्रियाकलापमा पुरुसबिना महिलाले कुनै निर्णय गर्न पाउदिनन ।

त्यसैगरी १०१ औ अन्तरास्ट्रिय नारीदिवस मनाइ रहदा मरोक्कोका महिलाहरुले जबर्जस्ति यौन दुर्ब्यबहार गर्ने व्यक्तिसंग बिबाह गर्नुपर्ने बाध्यताले आत्मा हत्या गरेकी १६ बर्सिय अमिन अल्फीको न्यायको लागि प्रदर्सन गरिरहेका थिए ।

उनि अबैधानिक रुपमा यौन शोषणमा परेकी थिइन भने उनलाई उनका परिवार र समाजले जबर्जस्ति उनैपीडकसंग बिबाह गरिदिएका थिए ।

उनका पतिबाट भएको कुटपिट र यातनालाई खेप्न नसकेर बिस सेवन गरेकी थिइन् भने उनलाई उनका पतिले कपालमा तानेर सोहि समयमा बाहिर निकालेका थिए । यसरि एक किसोरिको जधन्यरुपमाहत्या भयो ।

हेर्दा यस्तै कहाली लाग्ने यातनाबाट आज बिस्व २१ औ शताप्दिमा फद्मो मारी रहदा महिल्हारुले अझ सम्म आआफ्नो मानब अधिकारको उपभोग गर्न पाएका छैनन यो कस्तो बिडम्बना रहो  ।

कानुनीरुपमा मोरोक्कोका महिलालाई बिबाह, सम्बन्ध बिच्छेद आदिजस्ता बिसयमा अधिकार सम्पन्न गर्नका लागि २००४ सालमै “फेमिली कोड २००४ ” को पास भएको छ यसरि कानुन एकातिर र ब्यबहार अर्कोतिर भएकोले महिलाहरु प्रताडित हुँदै आएका छन् ।


महीला राष्टपति

विश्व एतिहास र वर्तमानलाई मुल्यांकन गर्ने हो भने विश्वमा रहेका अधिकांश देशहरु पुरुषप्रधान छन् । यस्तोमा महिलाका लागि आरक्षणको व्यवस्था गरिएको भएता पनि पूर्णरुपमा पुरुषप्रधान देशहरुमा महिला सरकारको माथिल्लो तहसम्म पुगेको समाचार कमै सुन्न पाइन्छ ।

विश्व इतिहासमा सक्षम महिला नेतृको कुनै कमी नरहेता पनि त्यस देशको सामाजिक, सांस्कृतिक, आर्थिक, मनोवैज्ञानिक आदि कारणले गर्दा महिलाहरु नेतृत्व तहसम्म पुग्न नसकेको तितो यथार्थ हामीसामू छ ।

यसैबीचमा महिलाहरु पनि पुरुष समान छन् र उनीहरुलाई पनि नेतृत्व गर्ने अवसर दिनुपर्छ भन्ने मानसिकता विस्तारै नेपालजस्ता विकासोन्मुख देशमा पछिल्लो समय पलाउँदै गएको पाइन छ ।

यसकै फलस्वरुप बुधबार नेकपा एमालेकी उपाध्यक्ष बिद्यादेवी भण्डारी नेपालको इतिहासमा पहिलो महिला राष्ट्रपति बन्न सफल भइन् । नेपालका लागि कुनै पनि महिला नेतृ यति ठूलो पदमा पुगेको यो पहिलोपटक हो । तर, विश्व इतिहासलाई हेर्ने हो भने बिभिन्न देशमा हालसम्म ३६ जना महिलाहरु राष्ट्रपति बनिसकेका छन् ।

यतिमात्र होइन हाल पनि नेपाल बाहेक २२ मुलुकमा महिलाले नै प्रमुख भूमिका निभाइरहेका छन् । विश्वमा राष्ट्रपतिको पदमा पुगेका २६ जना मध्ये २३ जना निर्वाचित र ८ जना मनोनित भएका छन् ।

महिला राष्ट्रपतिको इतिहासमा केही देशमा ५ पटक उत्तराधिकारीको रुपमा तत्कालीन राष्ट्रपतिका श्रीमती र छोरीहरु राष्ट्रपति बनेका छन्।

यसरी इतिहासलाई केलाउने हो भने विश्वमा पहिलोपटक महिला राष्ट्रपति बनाउने देश अर्जेन्टिना हो । आफ्ना पति राष्ट्रपति जुवान पेरानको कार्यकाल अवधिमा नै निधन भएपछि उनकी पत्नी आइसावेल पेरोनले सन् १९७४ को जुलाइ देखि १९७६ को मार्चसम्म राष्ट्रपतिको पदमा बसेकी थिइन् । उनी विश्वको पहिलो महिला राष्ट्रपति भएता पनि निर्वाचित भने थिइनन् ।


harikrishna gajurel

 

विश्वको पहिलो निर्वाचित महिला राष्ट्रपति भने आइसल्याण्डकी भिग्दिश फिनबोगस्टिरले भएकी थिइन् । उनी सन् १८९० देखि १९९६ सम्म आइसल्याण्डको राष्ट्रपति बनेकी थिइन् । विश्व इतिहासमा हालसम्म सबैभन्दा धेरै पटक महिला राष्ट्रपति भएको देश स्वीटजरल्याण्ड हो ।

जनुवरी १, १९९९ मा रुथ ड्रेइफस् त्यहाँको पहिलो महिला राष्ट्रपति बनेकी थिइन् । त्यसपछि, सन् २००७, २०१०, २०११ र २०१२ मा पनि महिला राष्ट्रपतिहरुले १–१ वर्षे कार्यकाल पूरा गरेका छन् ।

मनोनित राष्ट्रपति बनाउने प्रचलन अनुसार त्यहाँ कार्यभार सम्हाल्ने क्रममा सन् २०१५ को जनवरीमा छैटौं राष्ट्रपति बनेकी सिमोनेट्टा सोमारुगाले हाल पनि आफ्नो जिम्मेवारी समहालि रहेकी छिन् ।

बलात्कारका सिकार 

नेपालमा राज्यका संरचनाहरूमा महिलाहरूको प्रतिनिधित्व सुदृढ बन्दै गएको भए पनि महिलाविरुद्धका हिंसामा कमी नआएको र विभेदका घटना निरन्तर देखा परिरहेको भन्दै महिला अधिकारवादीहरूले चिन्ता व्यक्त गरेका छन्।
प्रहरीको तथ्याङ्कले विगत पाँचवटा आर्थिक वर्षमा नेपालमा ८,००० भन्दा बढी बलात्कार र ३,१०० भन्दा बढी बलात्कारको प्रयासका घटना भएको देखाउँछ।

                                                       ⇓ सेयर गर्नूहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्