banner

ताजा समाचार

अनेरास्वबियू ले सार्बजनिक गर्यो चौथो चरणका संघर्षका कार्यक्रमहरु

ranjit tamang

1 266 total views, 1 1 views today

यनयस मिडिया

माघ ७ काठ्माडौ-प्रचण्ड-माधव नेपालले नेत्रित्व गरेको नेकपा निकटको भात्रि संगठन अखिल नेपाल राष्टिय स्वतन्त्र बिधार्थि यूनियनले चौथो चरणका संघर्षका कार्यक्रमहरु सार्बजानिक गरेको छ ।


बिहिवार अर्थात फागून ६ गते बिधार्थीका केन्द्रीय अध्यक्ष रञ्जित तामाङ द्धारा हस्ताक्षरीत प्रेस बिज्ञप्ति मार्फत चौथो चरणका संघर्षका कार्यक्रमहरु सार्बजानिक गरीएको हो । जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरीएको छ ।


लोकतन्त्र र संविधानको चिरहरण गर्दै असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेर ओली सरकारले एकपछि अर्को गर्दै चाल्दै आएको प्रतिगमनकारी कदमका विरुद्ध अनेरास्ववियू गत पुष ५ गतेदेखि नै निरन्तर आन्दोलनरत छ ।


प्रतिगमन नसच्चिंदासम्म हाम्रो आन्दोलन निरन्तर जारी रहंनेछ । यसविचमा एकातिर प्रतिगमनकारी तत्वहरु चौतर्फी रुपमा एक्लिंदै गएका छन् भने अर्कोतिर प्रतिगमन विरोधी शक्तिहरुको मोर्चा र आन्दोलन थप व्यापक , सशक्त र फराकिलो वन्दै गएको छ ।

यसै सन्दर्भमा तेस्रो चरणसम्मको आन्दोलनलाई सफल पार्न विभिन्न ढंगले साथ , सहयोग र समर्थन गर्ने सवैलाई हार्दिक धन्यवाद ब्यक्त गर्दै तपशिल वमोजिम चौथो चरणको कार्यक्रम घोषणा गर्दछौं ।


 

 

चौथो चरणका सङ्घर्षका कार्यक्रमहरु पनी बिधाथिी संगठनले यसरी सार्बजानिक गरेको छ ।
२०७७ फागुन ६ गतेः पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध विहान देशभरका कलेज अगाडि विरोध प्रदर्शन । दिउँसो १ वजे आयल निगम घेराऊ सहित ज्ञापनपत्र बुझाउने । अपरान्ह ३।३० वजे टुंडिखेल वरिपरि मानव साङ्लो ।

२० ०७७ फागुन ७ गतेः ११ वजे विश्वविद्यालय ब्यवस्थापन , अनुदान र छात्रवृत्तिमा भएको अपारदर्शीता र अनियमितता विरुद्ध विश्वविद्यालय अनुदान आयोग कार्यलयमा धर्ना र ज्ञापनपत्र ।

२०७७ फागुन ८ गतेः १ वजे अनेरास्ववियूका पुर्व अध्यक्ष डाचाराज वाग्लेको स्मृतिमा श्रद्धाञ्जली सभा , स्थान आरआर क्याम्पस

२०७७ फागुन १० गतेः २ वजे – प्रतिगमनलाई जुत्ता हान्ने कार्यक्रम ।

२०७७ फागुन ११ गतेः ११ वजे – त्रिवि घेराउ सहित मागपत्र पेश गर्ने ।
२०७७ फागुन १३ गतेः १ वजे – सम्माननीय सभामुखलाई अवरुद्ध संसद सुचारू गर्न ध्यानाकर्षण गराउने ।

२०७७ फागुन १४ गतेः प्रतिगमन विरुद्ध मार्चपास ।

२०७७ फागुन १६ गतेः ११ वजे – प्रतिगमन , महङ्गी र भष्ट्रचारका विरुद्ध सिंहदरबार अघि थाल ठटाउने जुलुस । उपत्यका बाहिर सिडियो कार्यालय अगाडि ।

२०७७ फागुन १८ गतेः १ वजे – प्रतिगमनका विरुद्ध शंख जुलुस सहित वालुवटार घेराउ । उपत्यका बाहिर सिडियो कार्यालय अगाडि ।

⇓ जारी प्रेस बिज्ञप्ति ⇓


                                               

                                                         

                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                 ⇓ भिडियो हेर्नुहोस ⇓

                                                                       ⇓ सेयर गर्नूहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्